Gazal
06/04/2020 22:41
मनको अतीत बनोस, प्रित नबनोस
वर्षाको पानी बनोस, शीत नबनोस
मधुशालामा नै हुर्कन्छ समय
प्याला झै आफ्नै बनोस, बहिस्कृत नबनोस
हार जीतको द्वन्दनै खेल हो यात्रा
प्रस्फुटीत बनोस, उत्कण्ठीत नबनोस
गीतको सङ्गीतमा मौलाउनै पर्छ
परिष्कृत बनोस, घृणीत नबनोस